प्रदेश ३ को प्रमुखमा अनुराधा कोइराला नियुक्त

काठमाडाैँ । माइती नेपालकी संस्थापक एवं समाजसेवी अनुराधा कोइरालालाई सरकारले तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेको छ। प्रदेश प्रमुखमा नियुक्त भएसंगै आफूमाथि जिम्मेवारी थपिएको कोइरालाले  प्रतिक्रिया दिइन्।

वाम गठबन्धनले नयाँ सरकार गठन गर्नासाथ देउवाले गरेको प्रदेश प्रमुख नियुक्तीलाई उल्ट्याउने आशंका गर्न थालिएको छ । देउवा सरकारले गरेका नियुक्ति नयाँ सरकारले फेर्ने भन्ने आशंकालाई लिएर गरिएको प्रश्नमा उनले त्यस्तो भएमा आफूले कुनै दुःख मनाउ नगर्ने पनि बताएकी छिन् ।

‘म आफ्नो व्यक्तिगत लाभलाई त्यागेर समाजसेवा गरेर बसेकी मान्छे, सरकारले जिम्मेवारी दिएको हुनाले यसलाई देशले दिएको जिम्मेवारी भनेर ग्रहण गरेकी छु’, उनले भनिन्,‘नयाँ सरकारले आउँदा पनि उहाँहरुले स्वविवेकको प्रयोग गर्नुहोला, त्यत्रो ओहोदामा बसेको मान्छेहरु हुनुहुन्छ, यदि हटाउनु भयो भनेपनि कुनै दुःखमनाउ गर्दिन।’

Comments

comments

सम्बन्धित शिर्षकहरु