यस्तो छ संसारकै खतरनाक गुप्तचर एजेन्सीको अपरेशनहरु

एजेन्सी । इजरायलको गुप्तचर निकाय मोसाद संसारको सबैभन्दा शक्तिशाली गुप्तर संस्था मानिन्छ । उसले गरेका कार्यहरु यति धेरै अभूतपूर्ण र साहसपूर्ण छ कि त्यसलाई आज संसारले नै उदाहरणीय मानेको छ ।

एकपटक मोसादले नक्कली पासपोर्टको सहायताले दुबई पुगेर आफ्ना दुश्मनहरुको हत्या गरेको छ । त्यतिबेला प्यालेस्टाइनकाको विद्रोही संगठन हमासका एकजना नेता महमूद अल मबूहले इजरायलमा धेरै आतंकी हमलाहरु गर्नुका साथै हतियारहरुको गोप्यरुपमा खरिदबिक्री पनि गरिरहेका थिए । यसकारण उनलाई इजरायलको दुश्मनहरुको मूख्य सूचीमा समावेश गरिएको थियो । तर मबूहलाई मोसादले आफूलाई पिछा गरेको शंका लागेपछि भागेर दुबाई पुगेका थिए ।

मबूह फरार भएपछि मोसाद दुबाईमा उसको ठेगाना पत्ता लगाएर पर्यटकको भेषमा छिरेको थियो । मोसादका अधिकारीहरु त्यहाँ फर्जी पासपोर्टको सहयोगमा छिरेका थिए । मोसादले दुबाईको होटल बुस्तानामा मबूहको हत्या यति चलाखीपूर्ण तरिकाले गरेको थियो कि दुबाई प्रहरीलाई त्यो हत्या वा दुर्घटना भनेर पत्तो लगाउन हप्तौं लागेको थियो । उक्त अपरेसनका लागि मोसादले आफ्ना ३३ जना अधिकारीहरु खटाएको थियो । उसको उक्त अपरेसन आजसम्म दुबाई अपरेसन मबूह भनेर चर्चित छ ।

त्यस्तै जून १९७६ मा प्यालेस्टाइन विद्रोहीहरुले एयरफ्रान्सको एउटा विमानलाई अपहरण गर्‍यो । उक्त विमान २४९ यात्रुको साथमा तेलअवीवदेखि पेरिसतर्फ उड्दै थियो । उक्त विमानलाई ति विद्रोहीहरुले युगाण्डाको एन्टिबी विमानस्थलतर्फ लगे । घटनामा उग्रवादीहरुको साथमा युगाण्डाका तानाशाह इदी अमिन पनि मिलेको बताइन्छ ।

अपहरित विमानबाट इजरायली नागरिकहरु बाहेक अन्यलाई छोडिएको थियो । त्यतिबेला विमान इजरायलभन्दा ४ हजार किमीको दूरीमा थियो जुन इजरायलका लागि एकदमै ठूलो चुनौतीको क्षण थियो । यसको बावजूद इजरायलले वार्ताको सट्टा कार्वाहीको बाटो अप्नायो । त्यसलगत्तै सयजना इजरायली कमाण्डोहरु चार काग्रो प्लेनमा युगाण्डा पुगे । युगाण्डाको लागि उड्दा विमानमा जाँदा पुग्ने मात्र इन्धन थियो ।

त्यतिबेला युगाण्डाका तानाशाह अमिन मूल्यवान् कारहरुको प्रेमी थिए जसलाई लिएर इजरायलले एउटा रणनीति तयार गर्‍यो । रातीको ११ बजे काग्रो विमानबाट महंगो कारहरु झारियो, उक्त कारमा इजरायली कमाण्डोहरु चढेका थिए र उनीहरु अपहरित विमानतर्फ गए ।

त्यसपश्चात इजरायली कमाण्डोहरु तीन समूहमा विभाजित भए । पहिलोले विमानमा सवार नागरिकहरुलाई बचाए । दोस्रो समूहले मोर्चालाई सम्हाले र तेस्रोले इजरायल फर्कनका लागि इन्धन जुटाउन लागि पर्‍यो ।

त्यो अपरेसन सफल भयो । त्यसमा एकजना कमाण्डो योनाथन नेतान्याहू जो हालका इजरायली प्रधानमन्त्री बेजामिन नेतान्याहूका दाजू थिए उनी एकजना मारिए । फर्किने समयमा इजरायली कमाण्डोहरुले विमानस्थलमा राखिएका सबै ३० वटा लडाकू जेट विमनहरु ध्वस्त गरेका थिए जसकारण दुश्मनले उसको पीछा गर्न नसकोस् । यसमा सम्पूर्ण विमान अपहरण गर्ने विद्रोहीहरु, युगाण्डाका ४५ सैनिक र ३ जना होस्टेजहरु मारिएका थिए । उक्त अपरेसनमा १०२ जना नागरिकहरुको उद्धार गरिएको थियो । जसका लागि ती कमाण्डोहरुले मात्र ९० मिनेटको समय लिएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु