रुद्र अधिकारीको गजल, मुक्तक र हाइकु तीनै विधाका पुस्तक बजारमा

 

काठमाण्डौ । चितवनको सुन्दरबस्तीमा २०२४ असार ३१ पिता लक्ष्मण अधिकारी र माता नरमाया अधिकारीको कोखबाट  जन्मेका रुद्र अधिकारी तीन वर्ष यता काठमाडौँमै स्थायी वसोवास गर्दै आएका छन् ।

उनले गजल, मुक्तक र हाइकु तीनै विधाका पुस्तक बजारमा ल्याईसकेका छन् । विशेष गजल र मुक्तक लेखनमा मन रमाउने उनी बताउँछन् । यसै विधामा साथीहरूलाई सहयोग गर्न उनी सदा तत्पर रहन्छन् ।

अधिकारीले हालसालै संयुक्त मुक्तकसङ्ग्रह ‘मुक्तक चौतारी’ आफ्नै सम्पादनमा ल्याईसकेका छन् भने अहिले पुस्तक प्रकाशनकै कामलाई आफ्नो व्यबसाय बनाएर सुपथ मूल्यमा साथीहरूलाई सेवा दिने असनेपालन्युजलाई जानकारी दिए । उनको गजल यस्तो छ ।

गजल
अन्यायले सीमा नाघेपछि लाटो बोल्न पनि सक्छ ।
तिम्रा कुकृत्यका अध्यारा पाटाहरू खोल्न पनि सक्छ ।

पैसामा बिकेर असत्यको पक्ष लिनेहरू हो होसियार,
एक दिन त्यही पैसाले तिमीलाई पोल्न पनि सक्छ ।

आफ्नै सन्तान सरहको रचना अर्कैको नाममा बेचेर,
तिम्रो पापी कमाइले बनेको संसार डोल्न पनि सक्छ ।

दुई पैसाको लोभले अर्काको सुखी संसार भाँड्दैछौ,
त्यसैले एकदिन तिम्रो सुख चैन बिथोल्न पनि सक्छ ।

पैसाकै लोभमा जुन हदसम्म गिरेर काम गर्दैछौ,
यहि समाजले तिम्रो इज्जतको भाउ मोल्न पनि सक्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु