पर्यटन व्यवसाय छोडी लेखन कार्यमा लागे पोखराका पिताम्बर गौतम

काठमाण्डौ । २०२८ भाद्र ७ गते ठुलाडिही , स्याङ्जामा जन्म भै माध्यामिक तह सम्म जन्म स्थान मै अध्ययनपछि पोखरा  कर्मस्थल  बनाएका  पिताम्बर गौतम आजभोलि उपन्यास,मुक्तक र गजल संग्रहमा लागी परेका छन् ।

पर्यटन व्यवसायमा लागेका गौतम अंग्रेजी ,हिन्दी , जापानीज भाषा व्यवसायले नै सिकायो भन्छ्न् । २ बर्ष देखि व्यवसाय छोडे पछि निरन्तर लेखनमा लागेका गौतमका केही गजल संगीत बद्द भै रेकर्ड भै सकेका छन् ।व्यवसायमा हुँदा पनि आफ्नै संकलन तथा स्वरमा एउटा लोक गीतको एल्बम निकाली सकेका छन् भने हाल प्राय शृङ्गारिक गजलमा रस बसेको बताउँछन् ।

हाल लेकसाईड-६ पोखरामा बस्दै आएका गौतमका उपन्यास,मुक्तक र गजल संग्रह प्रकाशनका लागि तयारी अवस्थामारहेको बताउँछ्न् ।

गजल
नछाडौं भो राजधानी भन्दा मानेनौ
नबनाउँ भो राहदानी भन्दा मानेनौ
*
पैसो त फल्दैन रे बिदेशमा नि रुखमा
नजाउँ भो जानाजानी भन्दा मानेनौ
*
गरौँ केहि आफ्नै देशमा बिदेशमा पनि
दुखी हुन्छ जिन्दगानी भन्दा मानेनौ
*
आईयो दुस्ख पाईयो फर्कौं भनेकै थिएँ
गर्यौ आफ्नै मनोमानी भन्दा मानेनौ
*
पाउनु चौरास पाईयो झेल्नु झेलियो
नसुनाउँ दुखी कहानी भन्दा मानेनौ
*
पिताम्बर गौतम प्रकट
पो.ले.म.न.पा.-  ६
पोखरा

Comments

comments

सम्बन्धित शिर्षकहरु