राष्ट्रियसभाका उम्मेदवारले अधिकतम ३ लाख ५० हजार खर्च गर्न पाउने

काठमाडाैँ । माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने उम्मेदवारहरुले चुनाव प्रचार-प्रसारका क्रममा बढीमा ३ लाख ५० हजार खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आज बसेको बैठकले उम्मेदवारहरुको अधिकतम खर्चको सीमा निर्धारण गरेको हो ।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’ छनोट गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गर्ने भएको छ । यसैगरी राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको आधिकारिक दस्तखत नमुना आगामी माघ ३ गते भित्र आयोगमा बुझाउन पनि राजनीतिक दलहरुलाई अाव्हान गर्ने निर्णय लिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु