कमव्याक गर्दै कपिल शर्मा !

एजेन्सी । कुनै समय चर्चाको शिखरमा थिए कपिल शर्मा । तर, पछिल्लो समय उनी निकै विवादमा रहे । उनको सो पनि बन्द भयो । आजकल उनी कहिलेकाहीँ ट्वीटमा देखिन्छन् । केही उराठ लाग्दा तस्बिर शेयर गर्दछन् । तर धेरै सक्रिय भने रहँदैनन् । तर, उनका फ्यानहरु भने उनको सोको प्रतिरक्षामा रहेका छन् । उनले केही समय अगाडि एउटा सानो भिडियो पोस्ट गरेका थिए ।

उनले उक्त भिडियोमा भनेका थिए, ‘मैले सुन्तला धेरै खाने गरेको छु । त्यसैले मेरो मुख पनि सुन्तला जस्तो भएको छ ।’ धेरै दिन पछि कपिलको यस्तो रमाइलो मजाक दर्शकले देख्न पाएका हुन् । त्यसैले पनि कपिल शोमा कमब्याक गर्न लागेको अनुमान धेरैको रहेको छ ।’

टिभीमा उनको छिट्टै कमब्याक हुने प्रतिक्षामा फ्यान रहेका छन् । जसको अनुमान उनले सार्वजनिक गरेको एक छोटो भिडियोले पाएको दर्शकबाट पनि लगाउन सकिन्छ । छोटै समयमा यो भिडियोले १३ लाख बढी दर्शक पाएको छ । भिडियोमा दर्शकले उनको कमेडी मिस गरेको कमेन्ट समेत गरेका छन् ।

जुन शोमा सुनील ग्रोवर समेत रहने छन् । ग्रोवरसँग कपिलको केही पहिले झगडा समेत थियो । तर अहिले यी दुबै एकसाथ देखिने भएका छन् । अब उनीहरुको कार्यक्रम कहिले सुरु हुन्छ यो भने सबैको चासोको विषय बनेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु