भोलिबाट मुग्लिन–नारायणगढ सडक चौबिसै घण्टा खुल्ला (सूचना सहित)

काठमाडौं । रातको समयमा दैनिक ६ घण्टा बन्द हुँदै आएको मुग्लिन नारायणगढ सडक भोलिबाट ४ दिन सम्म २४ सै घण्टा खुला रहने भएको छ । माघे सङ्क्रान्ति(माघी) लाई मध्यनजर गर्दै भोलिबाट माघ २ गतेसम्म ४ दिनको लागि २४ सै घण्टा खुला गर्ने निर्णय गरेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी गराएको छ। ४ दिन अर्थात माघ २ गतेपछि फेरि राती १० देखि बिहान चार बजेसम्म सो सडक बन्द हुनेछ। आयोजनाले पुस १८ देखि दैनिक ६ घण्टा वन्द गर्दै आएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु