यसकारण चीनबाट नेपाल आउने इन्टरनेटमा नियन्त्रण नहुने

काठमाडाैँ । नेपालले शुक्रबार चीनसँग फाइबर अप्टिकल लिंक सञ्चालन गरेर भारतमाथिको लामो निर्भरताको अन्त्य गरेको छ। नेपालमा चीन पक्षधर मानिएको वाम गठबन्धनले गत महिनाको चुनावमा विजय हासिल गरेलगत्तै नेपालको इन्टरनेटमा भारतीय एकाधिकार तोडिएको छ । नेपालका सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजधानी काठमाडौँमा आयोजित एक समारोहका बीच हिमालय पार लिंकको उद्घाटन गरेका हुन्।

यसअघि नेपालको सम्पूर्ण इन्टरनेट सम्पर्क भारतसँग मात्रै जोडिएको थियो। भारतका भारती एयरटेल र टाटा कम्युनिकेसनले दक्षिणी सीमावर्ती सहरहरु भैरहवा, विराटनगर र वीरगञ्जमार्फत नेपाललाई इन्टरनेट सेवा प्रदान गर्दै आएका थिए।

चीनले आफ्नो देशमा इन्टरनेटमाथि कडा नियन्त्रण गरेका कारण गुगल र फेसबुकसहित चिनियाँ कम्युनिष्ट पार्टीप्रति आलोचनात्मक सामग्री राख्ने थुप्रै वेबसाइटलाई उसले रोक्दै अाएको छ । नेपालको इन्टरनेट लाइन हङकङको ब्याण्डविथसँग जोडिएको र यो ब्याण्डविथमा चीनको कुख्यात ‘ग्रेट फायरवाल’को प्रतिबन्ध रहेको हुँदा नेपालमा जडान गरीएको लिंकमा भने यी वेबसाइटहरू नरोकिने भएको छ ।

सञ्चार सम्पर्कको कार्य डिसेम्बर २०१४ मै सकिए पनि अप्रिल २०१५ को विनाशकारी भूकम्पले पूर्ण रुपमा ध्वस्त बनाएको थियो । यस लिंक गतवर्षकै मध्यमा सञ्चालन हुने भनिएपनि ४ हजार मिटरभन्दा माथिको उचाइमा काम गर्नुपर्दाका अप्ठ्यारोले ढिलाइ भएको हो । चाइना टेलिकम ग्लोबलले उपलब्ध गरेको नयाँ इन्टरनेट काठमाडौँ हुँदै रसुवागढीस्थित सीमा नाकासम्म फैलिएको छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु