ट्रम्पको सेवा गर्न सक्दिनँ भन्दै अमेरिकी राजदूतले दिए राजीनामा

जोन फिले

पानामाका लागि अमेरिकी राजदूतले ट्रम्पको सेवा गर्न नसक्ने भन्दै राजीनामा दिएका छन्। राजदूत जोन फिलेले ट्रम्प प्रशासनअन्तर्गत आफू ‘राजीनामा दिन नैतिक रुपले बाध्य भएको’ बताएका हुन्।

‘परराष्ट्र सेवाको कनिष्ठ अधिकारीका रुपमा सपथग्रहण गर्दा मैले केही नीतिहरुमा सहमत नभए पनि राष्ट्रपति र उनको प्रशासनको गैरराजनीतिक तरिकाले निष्ठापूर्वक सेवा गर्ने वाचा गरेको थिएँ,’ उनले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, ‘तर मैले त्यसो गर्ने अवस्था रहेन भने म नैतिक रुपले राजीनामा दिन बाध्य हुने कुरा मेरा प्रशिक्षकहरुले स्पष्ट पारेका थिए। अहिले त्यो समय आइपुगेको छ।’

अमेरिकी नौसेनाका पूर्व हेलिकप्टर पाइलट पनि रहिसकेका फिलेले डिसेम्बरको अन्तमा राजीनामा बुझाएका हुन्। उनले आफ्नो पद आगामी मार्च महिनाको ९ तारिखबाट छोड्नेछन्।

कूटनीतिज्ञहरुको बारेमा जिम्मेवार अमेरिकी विदेश मन्त्रालयले फिलेले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। एजेन्सी

Comments

comments

सम्बन्धित शिर्षकहरु