माघे सङ्क्रान्तिका दिन नुवाकोटमा ३० हल गोरु जुधाइने

काठमाडौँ । नुवाकोट जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिका दिन गोरु जुधाँइदै अाइएकोमा यस वर्ष पनि सोहि दिन ३० हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३,तारुकामा भने यस वर्ष २० हल र बेत्रावतीमा १० हल गोरु जुधाइने भएको छ । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहलार्इ मामाघरमा मनोरञ्जन गराउन गोरुजुधाइ गरिएको र सोहि गोरुजुधाइ कार्यक्रम अहिले परम्पराका रूपमा हरेक बर्ष मनाँइदै अाइएको छ  ।

यस वर्ष तारुका मेलास्थल पुग्न नुवाकोट, बेलकोटगढी नगरपालिका–७ र तारकेश्वर–४, बुधसिंह जोड्ने पक्की पुल बनेकाले सहज हुने प्रचारप्रसार उपसमितिका संयोजक विष्णु तारुकेले बताएका छन् । गोरु जुधाइ मेलाको दिन माघ १ गते अवलोकनकर्तालाई गोरु जुध्ने स्थान चन्दनीसम्म जानका लागि दैनिक आठ घण्टा बन्द हुँदै आएकाे गल्छी–देवीघाट सडकखण्ड दिनभर नै खुला गरीने भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु