घर बनाउन नसक्नेलाई प्राधिकरणले घर बनाइदिने

काभ्रे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर बनाउन नसक्ने ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपांगता सम्बन्धी रातोकार्ड पाएका व्यक्ति, ६० वर्ष माथिका एकल महिला, परिवार नभएका टुहुरा १५ वर्षमुनिका बालबालिकाहरूका लागी घर बनाइदिने गृहकार्यमा जुटेको छ ।

थुप्रै एकल महिलाहरूबाट घर बनाइदिन अाग्रह अाएपछि तथ्यांक संकलन गरेर निश्चित कोटा निर्धारण गरीएको छ । संकलित तथ्यांक संघीय आयोजना कार्यान्वयन एकाइ र पुनःनिर्माण प्राधिकरणमा माघ ५ गतेभित्र पठाइसक्न प्रत्येक नगरपालिका र गाउँपालिकामा पत्र पठाइएको काभ्रे जिल्ला प्रमुख धु्रव गैँडाले बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु