प्रचण्डको परिवारलाई राष्ट्रपतिको रात्रिभोज, बीना सहभागी सिर्जना ‘आउट’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूरै परिवारलाई बोलाएर रात्रिकालीन भोज दिएकी छिन् । बाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको तयारी भइरहेका बेला शुक्रबार राति ‘प्रचण्ड’को परिवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर रात्रिकालीन भोजमा सरिक भएको हो ।

भोजमा राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रसिद्ध र प्रणब सहभागी थिए।

डिनरमा जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरी समेत सहभागी बने । रात्रिकालीन भोजपछि राष्ट्रपति भण्डारी र प्रचण्डको परिवारले सामूहिक तस्बिर समेत खिचाएका थिए ।

रात्रिकालीन भोजमा बीना मगर सहभागी भएकी थिइन् । तर, प्रचण्डकी अर्की बुहारी सिर्जना त्रिपाठीलाई भने देखिइनन् । बेलुकी साढे ५ बजे परिवारसहित शीतल निवास पुगेका प्रचण्डको परिवार ४ घण्टा त्यहाँ बिताएर साढे नौ बजे खुमलटारस्थित आफ्नो निवासमा फर्किएको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु