प्रा. डा. गोविन्द केसीलाई महतको यस्तो चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न प्रा. डा. गोविन्द केसीलाई चेतावनी दिएका छन् । रिपोटर्स क्लबले अाज राजधानीमा गरेको साक्षात्कारमा उनले अदालत एक स्वतन्त्र न्यायापालिका भएका कारण कुनै दबाब वा हस्तक्षेप बिना स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने बताए ।

उनले भने, ‘दलहरुले अदालतलाई प्रभाव पाने कुरा गर्नुहुँदैन्, यो गलत हुन्छ।’ महतले गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको राजिनामा मागेको विषयप्रति टिप्पणी गर्दै भने, ‘जहाँसम्म केसीको माग छ, राजिनामा दिने वा नदिने भन्ने कुरा प्रधानन्यायाधीशको आफ्नो कुरा हो, तर आरोपका आधारहरु प्रमाािणत गर्नुपर्छ, सत्यता हो कि होईन भन्ने कुरा आउनुपर्छ।’ आरोपका सत्यताहरु बाहिर आउनुपर्नेमा पनि महतले जोड दिए ।

उनले भने, ‘प्रधानन्यायाधीशको उमेर खासगरी नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादबारे छानबिन भएर चाँडो बाहिर आउनुपर्छ, कानूनलाई आधार मानेर निर्णय हुनुपर्छ, तर कानूनलाई मिचेर निर्णय लिनुहुँदैन।’

Comments

comments

सम्बन्धित शिर्षकहरु