“सडकमा प्रमाणपत्र देखाउँदै हिंड्न आवश्यक छैन” – प्रधानन्यायाधीश पराजुली

रुकुम । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन् ।

रुकुम पूर्वको जिल्ला अदालतको अाज उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने र आफू सक्षम भएर नै न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको बताएका छन् ।

उनले भने ‘मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन’ । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाे र त्यो सम्भव नहुने उनले बताए । ‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो’, उनले भने, ‘आज र भोलि पनि न्यायमूर्ति रहन्छ ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु