कांग्रेसमा जन्मियो नयाँ गुट, को-को छन् नयाँ गुटमा?


काठमाडौं । गुटको राजनीतिबाट माथि उठेर कम्युनिष्टहरूको मुकाबिला गर्नुपर्ने बेला नेपाली कांग्रेसभित्र विभिन्न थरिका गुटउपगुटहरू सल्बलाइ रहेका छन् । निर्वाचनमा पराजित भएको चन्द्र भण्डारीसहितको गुट केही मत्थर भएका बेला अर्को गुटले फेरि टाउको उठाएको छ ।

नवीन्द्रराज जोशी, प्रकाशमान सिंहसहितको अर्को गुटले नेपाली कांग्रेसमा सुद्धीकरण भनेर भेला गर्न थालेको छ । सिंहको निर्देशनमा सोमबार र मंगलबार दुई दिन काठमाडौंमा गोप्य भेला भएका छन् । सिंहको योजनामा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शशांक कोइराला, डा।रामशरण महतसहितका नेताहरू उपस्थित रहेका थिए । जोशीसहितका नेताहरूको यो गुटले सभापतिबाट शेरबहादुर देउवालाई हटाएर सिंहलाई अगाडि बढाउने योजना बनाएको स्रोतको भनाई छ । भेलामा देउवालाई हटाउने प्रस्ताव नआए पनि देउवाले बनाएको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिबाट राजीनामा दिएर असहयोग गर्ने सम्मको योजना बनेको छ ।

केन्द्रीय कार्यसमितिको बैैठक बोलाउन लगाएर देउवालाई महासमिति बैठक तथा विशेष महाधिवेशनसम्मका लागि दवाव दिने योजनामा सिंह समूह लागेको छ । सिंहले अबको संसदमा आफू संसदीय दलको नेता बन्ने गरेर अर्को गुट जन्माएको आरोप पनि लागेको छ । यो गुटमा जोशी, दीपक गिरी, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, प्रदीप पौडेल, सरिता प्रसाइँसहितका नेताहरू सक्रिय भएर लागेका छन् । सिंहको समूहले भण्डारीलाई भने मिसाएको छैन ।

कोइराला परिवार निकट रहेका भण्डारीले गुट परिवर्तन गरेर देउवा गुटमा प्रवेश गरेकाले विश्वास नगरि सिंहको गुटले ‘नो इन्ट्री’ गरेको हो ।गुल्मीबाट नराम्रोसँग पराजित भएका भण्डारीले सभापति देउवाका कारण हार्नुपरेको भनेर हिँडेका छन् । भण्डारीलाई गगन थापा, विश्वप्रकाश शर्मासहितका केही नेताहरूलाई साथ दिएका छन् ।

एमाले–माओवादी केन्द्रले कांग्रेसविरुद्ध विभिन्न लाञ्छना लगाएर कमजोर बनाउने प्रयास गरिरहेका बेला एक भएर त्यसको मुकाविला गर्नुपर्ने बेला सिंहले समेत अर्को गुट निर्माण गरेकोमा धेरैले रहस्यका साथ हेरेका छन् । यो समूहमाथि कांग्रेसको हितभन्दा पनि आफ्नो हित कसरी हुन्छ भनेर सक्रिय भएको आरोप लागेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु