उपत्यकामा बिहान-बेलुका वायु प्रदूषण उच्च

काठमाडौँ ।  उपत्यकामा बिहान र बेलुका वायु प्रदूषण मात्रा खतराजनक अवस्थामा पुगेको छ । प्रदूषण अत्याधिक बढेपछि उपत्यकावासीमा श्वासप्रश्वाससम्बन्धी समस्या समेत देखिन थालेको छ । बिहान र बेलुका वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको न्यूनतम बिन्दुभन्दा निकै माथि पुगेको हो ।

उपत्यकामा गत असोज २१ गते बिहान ८ बजे हावामा पार्टीकुलेट म्याटर (पिएम) २.५ को मात्रा १६ माइक्रोग्राम प्रतिघनमिटर मात्र थियो । गत बुधबार (पुस २६ गते) बिहान ९ बजे भने हावामा पिएम २.५ को मात्रा बढेर प्रतिघनमिटर १८७ माइक्रोग्राम पुगेको छ । जुन सरकारी मापदण्ड भन्दा झन्डै पाँच गुणा बढी हो । अाजको नागरिक दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु