तीन करोडको आईपीओ निष्कासन गर्दै सामुदायिक लघुवित्त, यस्तो छ परिमाण र मिति

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ९ गतेदेखि प्रतिकित्ता १०० रुपैंया अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

तीन लाख कित्तामध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ भने सर्वसाधारणका लागी दुई लाख ७३ हजार कित्ता छुट्याइएको छ ।

आइपीओमा न्युनतम ५० कित्ता र बढीमा एक हजार पाँच सय कित्तासम्म आवेदन दिन सकिने छ ।

नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले आईपीओको निष्कासन तथा बिक्री प्रवन्धकको काम  गर्नेछ । आइपीओका लागी छिटोमा माघ १२ गते र ढिलोमा फागनु ८ गतेसम्म आवेदन भर्न सकिनेछ ।

नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट लगानीकर्ताले सेयरका लागी अावेदन दिन सक्नेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु