नमानसियाले बराबरीमै रोक्यो रियल मड्रिडलाई

एजेन्सी । कोपा डेल रेको दोस्रो चरणको लिगमा रियल मड्रिडलाई नुमानसियाले २-२ गोलको बराबरीमा रोकेको छ । सम्रगमा रियलले नुमानसियलाई ५-२ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । खेलमा अग्रता रियलले लुकास भारक्वेजको गोलमार्फत लिएको थियो । तर, नुमानसियाका लागि गुइललेर्मोले बराबरी गोल फर्काएका थिए । रियलले पुन लुकास भारक्वेजको गोल मार्फत अग्रता बनायो ।

तर, पुन गुइललेर्मोले बराबरी गोल फर्काए । यो सिजन फर्ममा नरहेको रियल स्पेनिस लिगमा समेत बार्सिलोनाभन्दा १६ अंकले पछि रहेको छ । दबाबमा रहेका प्रशिक्षकलाई यो जितले केही राहत भने दिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु