माओवादी केन्द्रका मन्त्रीले किन छोड्न लागे सरकार ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई दिएको जिम्मेवारी खोसिदिएका थिए । एमालेसँग तालमेल गरेर चुनाव लडेपनि माओवादी मन्त्रीहरु विनाविभागिय हैसियतमा सरकारका बसिरहेका छन् ।

जिम्मेवारी खोसिएसँगै राजीनामा गर्ने तयारी गरेका माओवादी मन्त्रीहरु सरकारले चुनाव सार्ने चलखेल गरेको भन्दै राजीनामा नगरी बसेका थिए ।
विनाविभागिय मन्त्री टेकबहादुर बस्नेतले सरकार छाड्न लागेको पुष्टि गरे । माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रुपमा छन्।माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्नेगरी चुनावी तालमेल गरेसँगै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका सबै मन्त्रीलाई जिम्मेवारी मुक्त गरेका थिए।

यी हुन् माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरु

मन्त्री

कृष्णबहादुर महरा

गिरिराजमणि पोखरेल

जनार्दन शर्मा

प्रभु शाह

टेकबहादुर बस्नेत

शिवकुमार मण्डल केवट

महेन्द्रबहादुर शाही

आशा कोइराला

सन्तकुमार थारु

राज्यमन्त्री

मोहम्मद जाकिर हुसेन

रामसिंह यादव

श्यामकुमार श्रेष्ठ

कर्णबहादुर विक

छमबहादुर गुरुङ

गोमा कुँवर

वाङदी शेर्पा

सम्बन्धित शिर्षकहरु