सचिन तेन्डुलकरकी छोरीलाई अपहरण गरेर विवाह गर्छु भन्ने व्यक्ति पक्राउ

एजेन्सी । चर्चित पूर्व भारतीय क्रिकेट खेलाडी सचिन तेन्डुलकरकी छोरी सारा तेन्डुलकरलाई एकजना व्यक्तिले विवाह गरेरै छाड्ने धम्की दिएका थिए । धम्की दिने पश्चिम बंगालका ३२ वर्षीय युवालाई आइतबार प्रहरीले गिरफ्तार गरेको छ । ती व्यक्तिले सारालाई अपहरण गरेर विवाह गर्ने धम्की दिएका थिए ।

सामान्यतय चर्चाबाट टाढै रहेकी सचिन तेन्डुलकरकी २० वर्षीय छोरी सारा तेन्डुलकर स्टारकिड भएको कारणले पनि ख्याति र सामाजिक सञ्जालमा उल्लेख्य फ्यान छन् । जुनै पनि कार्यक्रममा उनी देखा पर्छिन् त्यहीबाट उनको चर्चा हुन शुरु हुन्छ । ग्लयामरस हुनुका साथै अन्य यस्ता धेरै कारण छन् जसको बलमा उनी चर्चाको विषय बन्दै आएकी छिन् ।

सारा सबैभन्दा चर्चित क्रिकेटर किड हुन् । धेरैजसो उनको तुलना अभिनेत्री श्रीदेवीकी ठूली छोरी जानवी कपूर र अभिनेत्री आलिया भट्टसँग गरिन्छ । जानवी पनि साराकै उमेरकी छिन् तर उनले भने बलिउडमा डेब्यु गरिसकेकी छिन् । केहि समय अघि सारा पनि बलिउडमा प्रवेश गर्ने खवर आएको थियो तर उक्त खबरबारे सचिनको खण्डनसँगै त्यो सेलाएको थियो ।

२०१७ मेमा सचिनको फिल्म रिलीजको अवसरमा साराको ग्लयामरस लुकको फुटेज खूब भाइरल भएको थियो । सचिन विभिन्न कार्यक्रम तथा अन्तवार्ताहरुमा आफ्नो प्रेरणाको स्रोत छोरी सारा भएको बताउँछन् । सचिनलाई च्यारीटिमा दान दिन पनि साराले नै बताएको उनी बताउँछन् ।

१२ अक्टोबर १९९७ मा जन्मिएकी साराको उच्चाइ ५.२ इन्च छ । मुम्बाईको धीरुभाई इन्टरनेश्नल स्कुलमा पढाईसकेर हाल सारा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरिरहेकी छिन् । हास्य कलाकार जावेद जाफरीकी छोरी ओलिविया जाफरी साराको नजिकको मित्र हुन् । सारा बलिउड अभिनेता रणविर कपूरकी फ्यान हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु