एनआरएनए अष्ट्रेलियाले शुरु गर्यो नेपाली समुदायको लागी हेल्प डेस्क

मेलबर्न । अष्ट्रेलियामा नेपाली विद्यार्थी र नेपाली समुदायलाई लक्षित गरि एनआरएनए अष्ट्रेलियाले हेल्प डेस्क शुरु गरेको छ । अष्ट्रेलियामा रहने नेपालीहरुको समस्यामा सहयोग गर्नु संस्थाको कर्तव्य रहेको भन्दै एनआरएनए अष्ट्रेलियाले हेल्प डेस्कको सुरुवात गरेको हो ।

नेपाली कम्युनिटीमा बिगतमा अप्रिय घटनाहरु हुने गरेको र आगामी दिनमा दोहोरिन नदिनका लागि नेपाली विद्यार्थीहरु लाई कुनै पनि खालको प्रशासनिक समस्या , स्वास्थ्य समस्या, कुनै घटना, ठगी आदि कारणले तनावमा आउने र कतिपय विद्यार्थीहरु डिप्रेसनमा समेत गइ रहेको जानकारीहरु आइरहने हुँदा विशेष गरि विद्यार्थीहरुलाई लक्षित गरि हेल्प डेस्क संचालन भएको हो । साथै कोहि बिद्यार्थी,नेपालीलाई कुनै पनि किसिम को मानसिक तनाब भईराखेको छ भने तुरुन्त हेल्प डेस्कमा सम्पर्क गर्न एन आर एन ए अस्ट्रेलियाका अध्यक्ष टोनु गोथानेले बताए ।

अष्ट्रेलियामा रहेका सम्पुर्ण नेपालीहरुलाई जस्तोसुकै समस्या परेको खण्डमा उनिहरुको काउन्सिलिङ्गको लागी र उनिहरुको समस्या सुन्न र समस्यालाई कसरी समाधान गर्न गर्नका लागी यो हेल्प डेस्क अतिनै उपयोगी भएको एनआरएनए का महासचिव नारायण कोइरालाले असनेपाल न्युजलाई बताए। साथै संस्थाले सबैलाई समान व्यवहार गर्दै प्रभावकारी सहयोग गर्न सधै तत्पर रहनेछ उनले भने ।

अष्ट्रेलियामा रहेका जोकोही नेपालीले सो हेल्प डेस्कमा सम्पर्क गर्न सक्ने छन् । हेल्प डेस्को लागी फोन नं १८०० ९५४ ५४० र इमेल [email protected] मार्फत सिधै सम्पर्क गर्न सकिने छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु