अष्ट्रेलियाको पी.आर.को लागि कडाई,विद्यार्थी भिसाको नियम परिवर्तन

मेलबर्न । अष्ट्रेलिया सरकारले पर्मानेन्ट रेसिडेन्सि (पी आर) अर्थात स्थाई बसोबास अनुमतिमा कडाइ गर्ने संकेत देखाएको छ । अष्ट्रेलियाको सरकारले यसअघि तय गरिएको मापदण्डलाई संसोधन गरेर अगाडी बढाउन लागेपनि पीआरको लागि कडा गर्ने संकेत देखिएको हो ।

सरकारले २०१७ मा पी.आर.को लागि नयाँ मापदण्ड बनाएको थियो। सो मापदण्ड अनुसार पीआर प्रदान गर्नुअघि प्रोभिजनल भिजाको व्यवस्था गर्ने योजना बनाइएको थियो । तर, त्यो मापदण्ड व्यवहारिक नभएको प्रतिक्रिया आयो । सोही मापदण्डलाई केही संसोधन गरेर पी।आर सम्बन्धि नयाँ नियम ल्याउन लागिएको बताइएको छ ।

सरकारले यसको लागि ‘प्रोभिजनल भिजा राख्नैपरेको अवस्थामा कति समय राख्दा उपयुक्त होला’ भन्ने प्रश्न सहित विभिन्न पक्षसंग छलफल गरेको थियो । उक्त छलफलबाट स्थायी बसोबास प्राप्त गर्नुअघिको २ वर्ष प्रोभिजनल भिजाको व्यवस्था गर्न सकिनेतर्फ अधिकतम पक्ष सकरात्मक देखिएका छन् । उक्त छलफलबाट पीआरको संख्या घटाउने तर आवेदन प्रक्र्रिया सहज बनाउनेमा समेत सहमती जुटेको छ। सरकारले पीआर संख्या ९० बाट घटाएर १० पु(याउने तर प्रक्रिया सहज बनाउने प्रस्ताव राखेको थियो ।

सरकारले यो नियम कहिले देखि लागु गर्ने वा नगर्ने भन्ने निर्णय भने गरेको छैन । यो निर्णयको लागि छलफल अझ अगाडी बढाइने बताइएको छ। प्रोभिजनल अवधिको व्यवस्था गरिएमा पीआरका लागि आवेदन दिनेले आफुले पीआर आवेदन दिएको क्षेत्रमा २ वर्ष अनिवार्य काम गर्नुपर्नेछ ।

विद्यार्थी भिसाको नियम परिवर्तन

मेलबर्न । अब अष्ट्रेलियाको विद्यार्थी भिसाको लागि पहिले भन्दा बढी बैंक ब्यालेन्स देखाउनुपर्ने भएको छ । यहि वर्ष अर्थात २०१८ को फेब्रुअरी महिना देखि नै यो नियम लागु हुने भएको हो ।

विद्यार्थीले एक वर्ष खाना, यातायात, पढाइ तथा खाना खर्च पुर्याउने गरि र अष्ट्रेलियाको ‘कन्ज्युमर प्राइस इन्डेक्स’ को आधारमा देखाउनु पर्ने रकम बढाइएको हो । यस भन्दा अघिको रकममा करिब २.३ प्रतिशत बढाएर नयाँ मापदण्ड तोकिएको छ । जुन यस्तो छ :

विद्यार्थी २०, २९० डलर ( पहिले १९, ८३० डलर )
स्पाउस ७, १०० डलर ( पहिले ६, ९४० डलर )
बच्चा ३,०४० डलर ( पहिले २, ९७० डलर )

विस्तृत जानकारीको लागि http://www.homeaffairs.gov.au/Trav/Stud/More/Student-Visa-Living-Costs-and-Evidence-of-Funds मा क्लिक गर्नुहोस् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु