४२ बस पुरेपछि बाहिरियो यस्तो यथार्थ

एजेन्सी । क्यानडाका एक व्याक्तिले वर्षौंअघि आफ्नी श्रीमतीसँग मिलेर आफ्नो घरपछाडि ४२ वटा बस पुरेका थिए । त्यस प्रकारको अस्वभाविक कार्य देखेर पहिले त छिमेकीहरुले उनलाई पागलको संज्ञा दिएका थिए । तर जब पछि उनको त्यस कार्यको औचित्य पुष्टि भयो त्यसपछि भने मानिसहरुले उनलाई आदर गर्न थाले ।

वास्तवमा ब्रुस बिच नाम गरेका ती व्यक्ति र उनकी श्रीमतीले पुरेको ती ४२ वटा बसको मुनि एउटा ठूलो परमाणु शक्ति प्रतिरोधी सुरुङ बनाएका थिए । भविष्यमा हुने युद्धको निश्चित भएपछि त्यस खतराबाट बच्न उनले त्यस प्रकारको जुक्ति निकालेका थिए । बिचले त्यस सुरुङलाई सन् १९८० मा निर्माण गरेका थिए ।

उनले आफ्नो घरपछाडिको खाली जग्गामुनि १० हजार वर्ग फिट चौडाई भएको सुरुङ बनाएका थिए । ४२ वटा स्कुल बसको मद्दतबाट बनेको त्यस सुरुङमा परमाणु हमलालाई सामना गर्न सक्ने क्षमता थियो । आफ्नी ८३ वर्षीया श्रीमतीको सहयोगमा बनाएको उक्त सुरुङको नाम ‘अर्क टु’ राखिएको थियो ।

उक्त ‘अर्क टु’ लागि बिचले उक्त ४२ वटा स्कुल बस १२ हजार ६ सय डलरमा खरिद गरेका थिए । त्यस सुरुङभित्र ३५० जना मानिसहरु आरामले बस्न सक्छन् । उत्तर कोरियाजस्ता देशहरुले धम्की दिइरहेको परमाणु हमलाबाट बच्न असम्भव हुन्छ तर विचद्वारा निर्मित उक्त सुरुङले भने त्यस्ता शक्तिको प्रतिरोध गर्नसक्ने विज्ञहरु बताउँछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु