व्रिसटल सिटी विरूद्द म्यानचेस्टर सिटीको कठिन जित

एजेन्सी । मंगलबार राति भएको एफए कपको पहिलो लिग चरणको खेलमा म्यानचेस्टर सिटीले व्रिसटल सिटीलाई २-१ गोलले पराजित गरेको छ । खेलमा अग्रता भने ब्रिस्टल सिटीले लिएको थियो । ब्रिस्टलका लागि बबी रिडले खेलको ४४ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, सिटी दोस्रो हाफमा झन् आक्रामक देखियो । सिटीका लागि केभिन डि ब्रुनेले खेलको ५५ औ मिनेटमा बराबरी गोल फर्काए । यस सिजन उत्कृष्ट फर्ममा रहेका सर्जियो अगुइरोले खेलको ९० औ मिनेटमा गोल गर्दै म्यान सिटीलाई जित दिलाए ।

यस सिजन उच्च फर्ममा रहेको सिटीको अपराजित यात्रा कायम नै रहेको छ । फुटबल पण्डितहरुका अनुसार सिटीको यो एक सय वर्षयताकै सानदार खेल प्रदर्शन हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु