धितोपत्र बोर्डले गर्यो आधा दर्जन ब्रोकर कम्पनीलाई कारवाही, के छ कारवाही पत्रमा ? ( पत्र सहित )

काठमाडौ । नेपाल धितोपत्र बोर्डले झण्डै आधा दर्जन ब्रोकर कम्पनीलाई कारवाही गरेको छ । बोर्डले सम्पती सुद्धीकरण ऐन अन्र्तगत चिलिमे हाईड्रो पावर कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी र सानिमामाई हाईड्रो पावर कम्पनीको सेयर खरिदमा गलत कार्य गर्ने ब्रोकर कम्पनीलाई कारवाही गरेको हो ।

बोर्डले चिलिमे जलविद्युत कम्पनी लि., नेशनल हाइड्रोपावर कम्पनी लि. तथा सानिमा माई हाइड्रोपावर कम्पनी लि. को नक्कली शेयर कारोबार भएको सम्बन्धमा बोर्डबाट तहकिकात भै तहकिकात प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डौको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डका तहकिकात अधिकारीबाट गोविन्द घिमिरे विरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मिति २०७४।०३।२३ मा मुद्दा दायर गरिएको छ ।

साथै मिति २०७४।०९।२१ मा बोर्डको निर्णयले केही धितोपत्र व्यवसायी दलाल कम्पनी, दलाल कम्पनीका सम्बन्धित कार्यकारी प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार कारवाही गरिएको जानकारी बोर्डले दिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु