कानूनीरुपमै भयो अष्ट्रेलियामा पहिलो पुरुष समलिङ्गी विवाह

एजेन्सी । अष्ट्रेलियामा पहिलो पुरुष समलिङ्गी विवाह भएको छ । हालैको डिसेम्बर महिनामा त्यस्तो विवाहलाई कानूनी मान्यता प्रदान गर्न अष्ट्रेलियामा विद्येक पारित भएर कानून बनाइएको थियो ।

यसरी हालै कानूनी रुपमा पुरुष समलिङ्गी विवाह गर्नेमा अष्ट्रेलियाका राष्ट्रमंडल खेल स्प्रिन्टर क्रायग बर्नस् र उनका जोडि एथ्लेट लिउक सुलिभ्यान रहेका छन् । उनीहरु न्यु साउथ वेल्सको स्थानीय समय अनुसार मध्यरातपछि विवाह बन्धनमा बाँधिएका हुन् । यसरी कानूनीरुपमै विवाह गर्ने अष्ट्रेलियामा यी जोडी पहिलो हुन् ।

Comments

comments