जातीय विविधता विचको नेपाली एकता,यसरी हुँदैछ फिजीमा नेपाली भाषाको उजागर

काठमाडौं । फिजिको दुर्गम नेपाली किसान बस्ति ‘कावानाङ्गा साउ’ स्थित ‘ हेलम्बु’मा नेपाली भाषा प्रशिक्षण र नेपाली पहिचानको उजागर गर्ने कार्यक्रम चलि रहेको छ । फिजीमा, गुरुङ,मगर, लिम्बु, न्यौपाने,सुनार, सापकोट लगायतको जातिहरु रहेको छ । उहाँहरु नेपालीसँग जोडिने चाहानालाई मध्येनजर गर्दै अष्ट्रेलियामा बसोबास गर्दै आई रहेका नेपालीहरुको समूहले त्यस ठाँउमा नेपाली भाष प्रशिक्षण, संग्रालय,नेपाली पहिचान बिस्तार गर्न लागिरहेका छन् ।

टापु नै टापुको आभूषणका बीच प्राकृतिक छटाहरूले कुँदिएको एउटा सुन्दर देश फिजी । जहाँ ३२२ वटा सामुद्रिक टापुहरू तलाउमा फुलेका कमलका फुल प्रशान्त महासागरमा तैरिए झैं लाग्छन् । दक्षिण पश्चिमस्थित प्रशान्त महासागरको छातीमा विस्तारित यो मनमोहक द्विप ३ हजार १ सय ५२ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । हराभरा जमिन, आधुनिकता र विश्वकै अनुपम पर्यटकीय गन्तब्यको नामले परिचित यो देशको उन्नतिमा नेपाली श्रम र पसिनाको ठूलो योगदान रहँदैं आएको छ । डच र बेलायतीहरूले प्रभाव पार्दै आएको यो देशलाई सन् १८७४ देखि बेलायतले आफ्नो उपनिवेश कायम गर्दै आएको थियो ।करिब सय वर्षपछि १९७० बाट फिजी स्वतन्त्र र सार्वभौमिक राज्य बन्न पुग्यो । बेलायतीहरूले फिजीमा चिनी कारखाना तथा उखु खेती सञ्चालनका लागि सन् १८७९ देखि नै भारतीय कामदार लिन प्रारम्भ गरेका हुन् । नेपालबाट भारतमा काम खोज्दै जाने समुह पनि तिनै भारतीयकै समुहमा मिसिएर हजारौंको संख्यामा फिजी पुगेको गिरिमिट सेन्टर लोटोका फिजीको तथ्यांकमा उल्लेख छ । त्यतिबेलाका सोझा र निरक्षर नेपालीहरूलाई ललाई फकाई झुक्याएर र गलत आश्वासनमा पार्दै त्यहाँ पु(याइएको फिजीका पुराना नेपाली पुस्ता बताउँछन् । २/४ महिनामै आउने हो भन्दैं लगिएका कामदारहरू फेरि कहिल्यै स्वदेश फर्कन पाएनन् । सिङाटोका ‘कावा नाङा साउ’ क्षेत्र नेपालीहरू बसोवास गर्ने मुख्य बस्ती मानिन्छ, जहाँं अहिले नेपाली मन, हृद्धय र आफ्नोपनले भरिएका नेपालीहरूको बाहुल्यता भेटिन्छ ।

फिजीमा नेपाली पाइला सन् १८७९ मे १५ मा कलकत्ताबाट फिजिको शुभा पुगेको पहिलो जहाज ‘लियोनिदास’ले नेपाली पाइलालाई फिजी टापुमा पु¥याएको थियो । ४६३ जना यात्रा बोकेको जहाज ७५ दिन लगाएर कलकत्ताबाट फिजी टापु पुर्याइएको थियो । यो पहिलो जहाजमा कति नेपाली थिए, त्यसको कुनै तथ्यांक भेटिंदैन राई, घर्ती, मगर, थापा, न्यौपाने, पराजुली, तामाङलगायतका थर भएका नेपालीइहरू भेटिने सो इलाकामा नेपाली बोल्ने नेपाली भने कोही पनि भेटिनन् । उनीहरूको चुलामा अझै गुन्द्रुक, सेल, ढिंडो नेपाली, परिकार पाक्छ, भेषभूषामा अझै टोपी लगाउँछन्, चाड पर्वमा दशैं तिहार, मनाउँछन् । अनुहार हेर्दा नेपाली छ तर कुरा गर्न थाल्यो उनीहरूको भाषा पूरै हिन्दी र अंग्रेजी मात्र छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु