मतपरिणाम सार्वजनिकको ‘वार्गेनिङ’ले ओलीको सिंहदरबार यात्रामा विलम्ब

काठमाडौं । निर्वाचन भएको डेढ महिना वित्यो सरकार गठनका विषयमा अझै पनि अन्यौल छ । निर्वाचनबाट बहुमत ल्याएको वाम गठबन्धन सरकार बनाउने हतारोमा छ । निर्वाचनबाट बहुमत र झण्डै दुई तिहाई नजिकको मत ल्याएपछि संविधानअनुसार एमालेको नेतृत्वमा वामगठबन्धनको सरकार बन्ने निश्चित भएको छ । तर, एमालेले ठ्याक्कै कुन मितिबाट सत्ताको बागडोर सम्हाल्छ स्पष्ट भइसकेको छैन । तर निर्वाचन आयोगले परिणाम रोकेर राख्दा सरकार गठनको विषयमा टुङ्गो लाक्ष्ग्न सकको छैन ।

राष्ट्रियसभा निर्वाचन अघि सरकार छोड्न नमिल्ने भन्दै काग्रेस नेतृत्वको सरकारले बाटो खुल्ला गरिदिन ढिलाई गरिरहेको छ । संविधानको धारा ७६ अनुसार राष्ट्रपतिले बहुमत ल्याउने दलको नेता वा बहुमत पु-याउने सदस्यलाई प्रधानमन्त्री नियुक्तगर्न सक्ने व्यवस्था छ । निर्वाचन आयोगले निर्वाचनको परिणाम सार्वजनिक नगर्दा सरकार गठनको ब्यवस्था सक्रिय हुन पाएको छैन ।

निश्चित प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीको सिंहदरबार यात्रामा विलम्ब भइरहेको छ । राष्ट्रियसभाविना संघिय संसद पूरा नहुने र त्यसो नगरि प्रधानमन्त्री सरकार छाड्ने पक्षमा छैनन् । काग्रेस नेता तथा सिंचाईमन्त्री सञ्जय कुमार गौतमले राष्ट्रियसभाको निर्वाचन पछि मात्रै सरकार छाड्ने बताए । सरकारले प्रजातन्त्र दिवस मनाएपछि मात्रै सरकार गठनको बाटो खोल्ने उनले बताए ।

एकल संक्रमणिय मतकाआधारमा नै राष्ट्रियसभा निर्वाचनगर्ने टुङ्गो लागे सँगै राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने निर्णय भएको छ । राष्ट्रियसभा गठनपछि मात्रै समानुपातिकको सिट निर्धारण गरे सरकार बन्न कम्तिमा पनि फागुनको दोस्रो हप्ता सम्म कुर्नु पर्ने देखिएको छ । बरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले राष्ट्रिसभाको निर्वाचन पछि नयाँ सरकार बन्न झण्डै एक महिनाको समय लाग्ने बताए । राष्ट्रिय सभा गठन नगरिकन प्रधानमन्त्री चयनगर्न सकिने तर मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने संविधानका जानकारहरुले ब्याख्या गरिरहेका छन् ।

संविधानको धारा ९५ अनुसार संघीय संसदको पहिलो बैठक संयुक्त बस्नुपर्ने व्यवस्था छ । तर, संविधान अनुसार नयाँ सरकार गठनका लागि सांसदहरुले शपथ लिइरहनु भने पर्दैन । २०४८ मा गिरिजाप्रसाद कोइराला, २०५१ सालमा मनमोहन अधिकारी, २०५६ को चुनावपछि कृष्णप्रसाद भट्टराई पहिले प्रधानमन्त्री बनेका थिए ।

पछिमात्रै सांसदका रुपमा सपथ लिएका थिए । त्यो प्रक्रियाअनुसार जाँदा केहीकम समय लागेपनि संघिय संसदको पूर्णाता सपथग्रहण पछि सरकार गठनको प्रक्रिया अघि बढे नयाँ सरकार बन्न कम्तिमा एक महिनालाग्ने देखिन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु