अष्ट्रेलियाको सिड्नीमा गत शनिवार तमु लोसार भव्यताका साथ सम्पन्न

अष्ट्रेलियाको सिड्नीमा गत शनिवार तमु समाजले आयोजना गरेको तमु लोसार भव्यताका साथ सम्पन्न भएको छ  । हर्सभिलको म्याकहोन स्ट्रिटको हलमा तमु समाज सिड्नीले विशेष कार्यक्रम गर्न गरेको थियो ।

लोसार कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा अतिथिको रुपमा थिईन । स्थानीय सांसद तथा विभिन्न सघसंस्थाका प्रतिनिधी  समेत  सहभागी भएका थिए । साथै सो कार्यक्रममा नेपाली समुदायका अग्रजहरुको पनि उल्लेखनिय सहभागीता  रह्को थियो ।

८ सय भन्दा धेरै दर्शकहरुको माझमा  २ दशक भन्दा लामो इतिहांस बोकेको तमु समाज सिडनीको यो कार्यक्रममा आफ्नो समुदायको संस्कृती झल्कने गरी गुरुङ्ग पोशाकमा आएका तमुहरुको उपस्थीतीले नेपालमै मनाएको ल्होसार भन्दा कम थिएन । नेपाली समुदायको विविधता देखाउनुको साथै दर्शकलाई भरपुर मनोरञ्जन दिनको लागी नेपालबाट कलाकार मनोज गुरुङ अष्ट्रेलिया आएका थिए। उनी संगै स्थानीय कलाकारले विभिन्न प्रकारका गुरुङ नृत्य प्रस्तुत भएको थियो ।

अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् । सन् १९९६ सालमा गठन भएको तमु समाज सिड्नीले स्थापनाकालदेखि नै हरेक वर्ष तमु ल्होछार मनाउदै आएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु