नटिङह्याम फरेस्टसँग आर्सनलको लज्जास्पद हार

एजेन्सी । आइतबार राति भएको एफए कपको खेलमा आर्सनलको नटिङह्याम फरेस्टसँग लज्जास्पद हार व्यहोरेको छ । नटिङह्यामले आर्सनलविरुद्ध चार गोल गरेको थियो भने आर्सनलले दुई गोल फर्काएको थियो । नटिङह्यामका लागि इरिक लिचआजले दुई गोल गरेका थिए । त्यस्तै बेन ब्रिरेटोन र केइरनले एकएक गोल गरेका थिए । आर्सनलका लागि परमटस्याकर र ड्यानी वेलबेकले एकएक गोल गरेका थिए ।

यो हारसँगै आर्सनल एफए कपकबाट बाहिरिएको छ । त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटनह्यामले एफसी विम्लेटनलाई ३-० गोलले पराजित गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु