उत्तर कोरियापछि अमेरिकाको चुनौती बन्दै पाकिस्तान

एजेन्सी । अमेरिका र पाकिस्तानको जारी तनावको बीच पाकिस्तानले अमेरिकाको लागि नयाँ चुनौती खडा गर्नसक्ने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । अमेरिकाले अफगानिस्तानमा खटिएका आफ्ना सैनिकहरुलाई सामाग्री उपलब्ध गराउन जुन पाकिस्तानको बाटो प्रयोग गर्दै आएको छ त्यसलाई अब पाकिस्तानले रोक्नसक्ने खतरा रहेको छ ।

अमेरिकी सिल कमाण्डोले २०११ मा एबटाबादमा ओसामा विन लादेनलाई मारेपछि त्यसबाट असन्तुष्ट भएर पाकिस्तानले यस अघि पनि अफगानिस्तानमा अमेरिकाको सप्लाई चेनलाई रोकेको थियो । तर पुन ८ महिनापछि त्यसलाई हटाइएको थियो ।

हाल पाकिस्तानका केहि रक्षासम्बद्ध विज्ञ तथा कट्टरपन्थीहरुले अमेरिकाको सप्लाई चेन पुन रोक्न माग गर्दे आएका छन् । प्रतिपक्षी नेता इमरान खानले अमेरिकाले पाकिस्तानको बाटो निःशुल्क प्रयोग गर्दे आएको र अब उसलाई पढाउन पर्ने समय आएको बताए ।

तर अमेरिकाले भने अब पाकिस्तानको कुनैपनि कदमले आफुहरुलाई असर नपार्ने दाबि गरेको छ । त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै संचारमाध्यमहरुले अमेरिकी प्रशासनले पाकिस्तानविरुद्ध त्यस्तो कदम उठाउनुभन्दा अघि सप्लाई चेनबारे सोचविचार गरिसकेको बताएका छन् ।

अमेरिकाले पाकिस्तानको बाटो हुँदै अफगानिस्तानमा रहेका आफ्ना सैनिकहरुका लागि सबै किसिमका आवश्यक सामाग्रीहरु ट्रकमार्फत पठाँउदै आएका छन् । कराची बन्दरगाह हुँदै ती सामग्रीहरु अफगानिस्तानको जलालाबाद पुग्ने गरेको छ, जुन अमेरिकाले एकदमै सुलभ छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु