३ कम्पनीको करोडौं बराबरको आईपीओ निष्कासन हुँदै

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित २ लाख ९४ हजार कित्ता अर्थात २ करोड ९४ लाख रुपैंया बराबरको आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । आरम्भको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्ने भएको छ ।

यसैगरी कालिका पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्न पुस २१ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ६ लाख कित्ता अर्थात ६ करोड रुपैंया बराबरको आइपीओ बिक्री गर्न अनुमति पाएको हो । आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको काम क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलले गर्ने भएका छन् । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १० प्रतिशत सेयर स्थानीयलाई बिक्री गर्नेछ भने यसपछि कम्पनीले कर्मचारी र सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्नेछ ।

यस्तै आशा लघुवित्त वित्तीय संस्थाले पनि १०० रुपैयाँ अंकित ३ करोड रुपैंया बराबरको ३ लाख कित्ता आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । संस्थाको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु