१४५ मिलियन पाउण्डमा लिभरपुलका प्लेमेकर फिलिपिनो कोटिन्हो बार्सिलोनामा अनुबन्ध

एजेन्सी । सिजनको सुरुवातसँगै बार्सिलोना लिभरपुलका प्लेमेकर फिलिपिनो कोटिन्हो अनुबन्ध गर्न चाहन्थ्यो । तर, लिभरपुलले बेच्न नमानेपछि बार्सिलोनाले यसबारे कुनै प्रतिक्रिया दिएको थिएन । बार्सिलोनाले तीनपटकसम्म उनलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, लामो कसरत पछि भने अब लिभरपुलले कोटिन्होलाइै बार्सिलोनाका लागि बेचेको छ । उनलाई बार्सिलोनाले १४५ मिलियन पाउण्डमा किनेको मिडिया रिपोर्टमा उल्लेख छ ।

लिभरपुलले पहिलोपटक यति ठुलो मुल्यमा खेलाडी बेचेको हो । कोटिन्हो अब विश्वकै दोस्रो महँगो खेलाडी बनेका छन् । पहिलो स्थानमा भने नियमार रहेका छन् । इन्टर मिलानबाट लिभरपुल आएका २५ वर्षीय ब्राजिलियन स्टार पछिल्लो समय बार्सिलोनाले खुबै रुचाइएको खेलाडी थिए । तीनपटकसम्म प्रस्ताव गरेको बार्सिलोनाले चौथोपटकमा कोटिन्होलाई प्रिमियर लिगमा इतिहासकै दोस्रो महँगो खेलाडी बनाउँदै अनुबन्ध गरेको छ ।

यस सिजन बार्सिलोना उच्च फर्ममा रहेको छ । उक्त फर्मलाई जोगाइ राख्न पनि उसले स्टार खेलाडीहरु भित्राउन खोजेको थियो । बार्सिलोनामा पुगेपछि कस्तो खेल प्रदर्शन गर्ने हुन् त्यो भने सबैको चासोको विषय बनेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु