शशी शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनबाट बर्खास्तीमा परेका डा शशि शर्मालाई चार वर्षपछि पुनर्वहाली गर्न आदेश दिएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आज रिट जारी गर्दै निर्देशनात्मक आदेश गरेको हो। चारवर्षअघि मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी सहितको मन्त्रीपरिषद् वैठकले २४ घन्टे अल्मिेटम दिएपछि शर्मालाई हटाइएको थियो। २०७० माघ ८ मा डिनबाट बर्खास्त भएपछि शर्मा फागुन १ मा सर्वोच्च पुगेका थिए।

कार्यकाल सकिन ६ दिन बाँकी रहेको बेला सर्वोच्चको आदेशसँगै शर्मा पुनःवहाली हुन पाउने भएका हुन्। डा. गोविन्द केसीको आन्दोलन पछि उनलाई डिनबाट हटाइएको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु