अष्ट्रेलियामा नेपाली फोरमद्वारा आयोजित नेपाल स्वास्थ्य वाक् सम्पन्न

 

विनायक अधिकारी, क्यानबेरा । ओभरसीज नेपाली फोरम द्वारा आयोजित नेपाल स्वास्थ्य वाक् सम्पन्न भएको छ । अनौपचारिक रुपमा शुरु गरिएको उक्त्त कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै मुख्य रुपमा स्वास्थ्य, सद्भाव, भेटघाट र सहकार्य रहेको र यसले नेपाली पर्यटनमा पनि थप सहयोग हुने  संयोजक नबिन पौडेलले सबै उपस्थित महानुभावहरुलाइ स्वागत गरेका थिए ।

स्वास्थ्य वाक् कार्यक्रमको उद्घाटन गर्दै अष्ट्रेलियाका लागी नेपाली राजदुत महामहिम लक्की शेर्पाले स्वास्थ्य एकदमै महत्वपूर्ण रहेको कुरा व्यक्त्त गरिन । साथै स्वस्थ्य भएर आफू भीत्र रहेको खुसी खोज्न आग्रह गर्दै यस्ता कार्यक्रम हुँदा अरु साथीलाई पनि लिएर आउन र जीवनलाइ थप ब्यवस्थापन गर्न शेर्पाले आग्रह गरेकी थिइन । हामीले हाम्रो दैनिक स्वस्थ्यमा खासै ध्यान नदिएका कारण स्वास्थ्य जोखिम बढिरहेको बताउदै  स्वस्थ्य रहि प्रगति भूँडीमा नदेखाउन सुझाव दिएकी थिइन । उनले आफूसंगै बच्चाहरुलाइ पनि ल्याउदा नेपाली भाषा सहित केहि समय भएपनि बिधुतिय सामाग्रीहरुवाट टाढा रहने भएकाले यस्ता कार्यहरु गरिरहन अनुरोध गर्दै उपस्थित सबैलाई धन्यवाद ब्यक्त गरेकी थिइन ।

कार्यक्रममा नेपाली दुतावास उपनियोग प्रमुख राजेन्द्र पाण्डे, क्यानबेराका नेपाली अग्रज समाजसेवी डा.कृष्ण हमाल, गैर आवासीय नेपाली संघ क्यानबेराका प्रतिनिधि, एएनएफएसका अध्यक्ष जीवन राना, गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका सल्लाहकार डा. सिताराम घिमिरे,नरेश थापा,नविन पौडेल लगाएत अन्य थुप्रै संघ संस्थाका प्रतिनिधि र ब्यक्तिहरुको उपस्थिती रहेको थियो । नेशनल अर्वोटरियमबाट सुरु भएको वाक् झण्डै ५ किलोमीटर दुरी हिडेर सोहि ठॉंउमा आइ समापन भएको थीयो । यो कार्यक्रमलाइ मासिक रुपमा निरन्तर रहने कुरा आयोजकले असनेपाल न्युजलाई जानकारि दिए ।

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु