लालुलाई ३ वर्षको जेल सजायँ, अर्को मुद्दाको फैसला केही दिनमा

एजेन्सी । भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा साढे तीन वर्षको जेल सजायँ सुनाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले उनलाई साढे ३ वर्षको जेल सजाय सुनाएको हो । १५ दिनअघि नै अदालतले दोषी ठहर गरेपछि राँचीको जेलमा राखिएको लालुलाई भिडियो कन्फ्रेरेन्समार्फत सजाय सुनाइएको हो ।

यादवले सन् १९९१ देखि १९९४ बीच देवघर राज्यकोषबाट ८५ लाख भारतीय रुपैयाँ घोटाला गरेको विशेष अदालतको ठहर छ । चारा घोटालाका नामले परिचित यो घटनामा यादवसँगै दुई पूर्वमन्त्रीसहित अरु १५ जनालाई पनि दोषी ठहर गरिएको छ । यादवलाई ५ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

यहि मुद्दामा सन् २०१३ मा पनि सिबिआई अदालतले उनलाई ५ वर्षको जेल सजाय र २५ लाख भारतीय रुपैयाँ जरिवाना गरेको थियो । यद्यपि सर्वोच्च अदालतबाट दुई महिना जेल बसेपछि उनलाई धरौटीमा रिहा गरेको थियो । उनले त्यसपछि संसद सदस्य मात्र गुमाएन, चुनावमा आउन पनि अयोग्य ठहरिए ।

लालुलाई यो फैसलाविरुद्ध माथिल्लो अदालतमा जान सक्ने सुविधा भने बाँकी नै छ । उनका वकिलले उच्च अदालतमा अपिल गर्ने बताइसकेका छन् । यादवमाथि सिबिआईको अदालतमा चारा घोटालाकै बारेमा ३ वटा मुद्दा चलिरहेको छ । अर्को एउटा मुद्दाको फैसला पनि केहि दिनभित्रै आउने छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु