प्रचण्ड,देउवा र मधेशवादी दलबिच वालुवाटारमा बैठक,प्रचण्डलाई प्रधानमन्त्रीको ‘अफर’ गरेकै हुन् ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच वालुवाटारमा छुट्टाछुट्टै कुराकानी भएको छ । वालुवाटारमा भएको सर्वदलीय बैठकवाट एमालेका नेताहरु बाहिरीएपछि प्रचण्ड र देउवाबिच वालुवाटारमा अर्को बैठक बसेको थियो ।

प्रधानमन्त्री देउवा र प्रचण्डको साथमा मधेशवादी दलका नेताहरु पनि छलफलमा सहभागि थिए । छलफलका क्रममा प्रचण्डले देउवालाई सबै दलहरु मिलेर सहमतिमै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

कांग्रेससँग पनि आफू सहकार्य गर्न तयार रहेको प्रचण्डले सुनाएका थिए । तर देउवाले भने सहकार्य होइन प्रधानमन्त्री नै बन्नुस भनेका थिए । प्रचण्डले भने जवाफमा एमालेसँग पार्टी एकता गर्ने तयारी भइरहेकाले अरु विकल्पबारे अहिले केही नसोचेको बताएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु