समाजमा यस्ता उदारवाद भएका मानिस पनि छन जसले निजी लगानीमा मन्दिर निर्माण गरे ,पशुपँन्छिको बलीनिशेष गरे र दलितलाई भजन मण्डलीको प्रमुख बनाए:

महेश्वर शर्मा

मानिसले बनाएको “मन्दिर”मा जब मानिसकै प्रवेश निशेष हुन्छ भने मन्दिर मन्दिर रहँदैन। भगवानले आँफू बस्ने घरमा कसैलाई विभेद गर्नुहुन्न,सबैको प्रवेश समान रुपमा होस भन्नुहुन्छ,तर मानिस आँफैले विभेद र असमानताको पर्खाल बनाएको छ। त्यो असमानताको पर्खाल जबसम्म भत्काईँदैन तब सम्म मन्दिर मन्दिर हुँदैन।यी पंङ्ति गोपाल ढकालका हुन।

अष्ट्रेलियाको भ्रमणमा रहनुभएका गोपाल ढकालले यी पँङ्ती बोलिरहँदा उहाँ सँगै यात्रा गरिरहेका हामी मन्त्रमुग्ध भयौँ।नेपाल रेड्क्रस सोसाइटी देवदह उपशाखाका अध्यक्ष, समेत रहनुभएका ढकालले सिड्नीको एक अध्यात्मिक यात्रामा थप्नुभयो संसार बदल्न खज्नेहरुले पहिला आफूबाटै शुरु गर्नुपर्छ। सकारात्मक सोँचका साथ आफ्नो जीवनलाई अध्यात्मिक मार्गमा अगाडी बढाइरहनुभएका ढकालले रुपन्देहीको देवदह ५ स्शितलनगरमा  निजी लगानीमा  “श्री महाकाली शक्तिपीठ  “नामक कालीका मन्दिरको स्थापना गरि समाजलाई नै समर्पित गर्नुभएको छ।

बुद्धको मावली स्थान देवदह शितलनगर स्थित सो कालीका मन्दिरमा हरेक दिन भजन,कृतन गरिन्छ भने मन्दिर दर्शनको निम्ती श्रद्धालु भक्तजनहरु टाढा टाढाबाट पनि आउने गर्दछन्। मानिसमा बढ्दै गएको तनाव,रिस र अहमको न्युनिकरण साथै सकारात्मक उर्जा अभिवृद्धिको निम्ती ध्यान,भजन ,कृतनले पनि ठूलो भूमिका खेल्दछ।

सो कालिका मन्दिरको शिला लेखमा यस्तो लेखिएको छ।

श्री श्री महाकाली जगदम्बा भगवती माताको स्नेहपूर्ण अनुकम्पाको फलस्वरुप प्रत्यक्ष निर्देशन प्राप्त हुनुका साथै सदगुरुदेवको आज्ञाबमोजिम यस पुनीत कार्यतर्फ चन्तित सुरु भएको हो। पिता रोमनाथ ढकाल तथा माता लक्ष्मी ढकालको धर्म-अध्यात्ममा यो पत्र लागिरहोस् भन्ने हार्दिक सदिच्छा पहिलेदेखि नै प्राप्त छँदै थियो। अन्तत: आफ्नै अन्तरआत्माले बारम्बार अभिप्रेरित गरिरहेकोले यसै देवदह-५ शितलनगरको मध्यपूर्वी भागमा श्रद्धालु जनजनको कल्याणका खातिर मन्दिर बनाउने दृढ संकल्पबमोजिम यो निर्माणकार्य सम्पन्न भएको छ।
श्री श्री महाकालीसँग सभक्ति प्रार्थना गर्दछु- स्वर्गवासी मातापिता हजुरबा-हजुरआमा दाजुका साथै पितृकूल एवं मातृकूलका समस्त पूर्वजहरूको उत्तरोत्तर उद्धार होस्, मणिद्वीप(देवीलोक) को बास होस्।पत्नी हिरादेवी,छोरा निरज,छोरी निशा,नितूसहित समस्त ढकाल परिवारजन सबैको मनमा महाकाली माताप्रति अखण्डित भक्तिभाव रही शारीरिक आरोग्य तथा आध्यात्मिक चेतनासहित यशएेश्वर्य अभिवृद्धि भइरहोस्। भावी सन्ततीले पनि अन्नत कालसम्म अविछिन्न रुपमा माताको पूजाआराधाना तथा सेवा गरिरहनू। यसै गरी कुलकुटुम्ब, बन्धुवान्धवहरु, हितैषी जन,टोलछिमेकबासीहरु एवं समस्त श्रद्धालु मनहरुको कल्याण होस्। राष्ट्रमा शान्ति छाइरहोस।
श्री श्री महाकालीको दिव्य मूर्तिमा प्राणप्रतिष्ठा धारी पशुपँन्छिको बलीनिषेधसहित नित्य पूजाको व्यवस्था मिलाइएको छ। प्रत्यक्ष वा परोक्ष रुपबाट मन्दिरनिर्माणमा मन,वचन र कर्मले योगदान पुर्याउनुहुने सबैलाई भगवती माताको अटुट कृपा रहने नै छ। आजकै मितिदेखि यो भूमिको सम्पूर्ण संरचनासहित महाकाली माताको मन्दिर माता महाकालीकै श्रीचरणमा सदाको लागि अर्पण गर्दछु।
त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पितम्
जय माँ काली जय काली माता काली जय काली।
शिलान्यास २०६८ असोज ११ गते घटस्थापना।

सो “श्री महाकाली शक्तिपीठ”कालिका मन्दिरमा पशुपँन्छिको बलीनिषेध गरिएको छ। निर्दोश पशुपँन्छिलाई बलि दिनुहुँदैन भन्ने सो पवित्र जागरण समाजमा फैलाउन  प्रयत्न गरिरहने ढकाल जस्तै थुप्रै मानिसहरुमा यस्तै सोँच आउनु जरुरी छ।

“निजी लगानीमा मन्दिर निर्माण गरि समाजलाई समर्पित गर्ने,मन्दिरमा दलितलाई भजन मण्डलीको प्रमुख बनाई उदाहरणिय कार्य गर्ने,मन्दिरमा पशुपन्छिको बलि दिनुहुंदैन भन्ने पवित्र कार्यको अभियानमा लाग्नुभएका ढकाललाई सघाउनु र समाजमा सकार्रात्मक परिवर्तनको निम्ती आफूपनि लाग्नुअहिलेको आवश्यकता हो।”

सो कालिका मन्दिरका भजन कृतम मण्डलीका प्रमुख भगेन्द्र विश्वकर्माका थूप्रै चर्चित भजनहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।



Comments

comments

सम्बन्धित शिर्षकहरु