बाबुराम-उपेन्द्रको चाहना पनि वामगठबन्धनतिरै!

काठमाण्डौ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि वाम गठबन्धनतिरै लहसिने खालको छ । त्यसैका लागि दुवै नेताले गठबन्धनका शीर्ष नेतृत्वसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

उपेन्द्रको ओलीसँग र बाबुरामको ओली(दाहालसँगको भेटको मूल मक्सद पनि त्यसैभित्र निहित छ । एमाले-माओवादी दुवै दलले कांग्रेस र राजपालाई छाडेर उपेन्द्र र बाबुरामलाई भने आफूतिरै तान्ने प्रयास जारी राखेका बेला उनीहरूले पनि गठबन्धनतिरै ढल्किने संकेत गरेका छन् ।

तर, एमाले-माओवादीले पार्टी एकता गर्दा कम्युनिस्ट पार्टीको नाम नराखी समाजवादी नाम राखेमा आफूहरूलाई पनि एकतामा आउन सहज हुने उनीहरूको तर्क छ । आइतबार माओवादी अध्यक्ष दाहालसँग नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई दम्पतीको भेटको अन्तर्य पनि त्यसैभित्र निहित रहेको माओवादी स्रोत बताउँछ । आफ्नै नयाँ निवास खुमलटारमा भेट गर्न आइपुगेका भट्टराईलाई दाहालले मूलधारमै आउन आग्रह गरेका थिए । ‘बाबुरामजी पनि कांग्रेसतिर जानुहुन्न, उहाँको एउटै कुरा कम्युनिस्ट भन्ने शब्द नराखी समाजवादी पार्टी राखिदिए हुन्थ्यो भन्ने देखिन्छ,’ माओवादी नेता पौडेलले भने, ‘उहाँहरूलाई यतै ल्याउने पहल जारी छ ।’ आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु