नेप्से १३ सय अंकमा झर्‍यो

काठमाडौं । लगातार घट्दै आएको नेप्से अन्तत १३ सय अंकमा झरेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से २४ दशमलव दुुई अंकले घटेर १३ सय ९० दशमलव ५८ विन्दुुमा झरेको हो ।

यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव पाँच अंकले घटेर दुुई सय ९२ दशमलव १२ विन्दुुमा झरेको छ । आज कुुल एक सय ५८ कम्पनीहरुको पाँच हजार चार सय ८४ वटा कारोबारमा १८ लाख २५ हजार एक सय ८२ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार ५८ करोड ७८ लाख २६ हजार आठ सय १० रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज सबैगरी कुुल १० वटा समूहको कारोबार सूचकमा गिरावट आएपश्चात आज नेप्से पुरै रातो देखिएको छ ।

सबैभन्दा उच्च अंकले घटेको बीमा समूहको सूचक ८३ दशमलव नौ विन्दुले घटेर ७२ सय १२ दशमलव २३ विन्दुुमा झरेकोमा सात करोड ३४ लाख ३७ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । वाणिज्य बैंक समूहको सूचक १६ दशमलव ३५ अंकले घटेर ११ सय ८९ दशमलव १९ विन्दुुमा झरेकोमा १८ करोड ६१ लाख ५२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सूचक पनि १६ दशमलव ७७ अंकले घटेर १५ सय ७९ दशमलव ६२ विन्दुुमा झरेकोमा एक करोड ८४ लाख १६ हजार दुुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युुत समूहको सूचक १२ दशमलव २६ अंकले घटेर १९ सय छ दशमलव ४४ विन्दुुमा झरेकोमा दुुई करोड ७९ लाख १२ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाइनान्स, लघुबित्त, होटल, अन्य, उत्पादनमुुलक र टे«डिङ समूहको सुुचकमा पनि आज उच्च विन्दुुले गिरावट देखिएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको पोखरा फाइनान्सको प्रतिकित्त सेयर मूल्य पाँच रुपैयाँ आठ पैसाले बढेर एक सय ८६ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको नेपाल टेलिमकको सेयर मूल्य सात रुपैयाँ ७१ पैसाले घटेर सात सय ७८ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको एनसीसी बैंकको संस्थापक सेयरतर्फ दुुई सय रुपैयाँ अंन्तिम मूल्यमा नौ करोड ६९ लाख ६१ हजार छ सय रुपैयाँको कारोबार भएको छ भने प्रभुु बैंैकको संस्थापक सेयरतर्फ पनि एक सय ६० रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ७८ लाख ८५ हजार छ सय ३० रुपैयाँको कारोबार भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु