नेताहरुको घोचपेचमा चिप्लिए प्रचण्ड,रामचन्द्र पौडेललाई ‘कमरेड’ भनेपछि…

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको ‘नेपाल नवनिर्माण महाअभियान’ नाम पुस्तक विमोचना कार्यक्रम आयोजनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भाषणमा चिप्लिन पुगेका थिए । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि थिए भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वक्ताका रुपमा रहेका थिए ।

पुस्तकको विमोचन गरेपछि रामचन्द्र पौडेललाई पुस्तकबारे चर्चा गर्न बोलाइयो । अरु कार्यक्रममा छोटो मन्तव्य राख्ने पौडेलले गौतमको पुस्तकबारे चर्चा गर्न बोलाइँदा भने करिव आधा घण्टा ‘भाषण’ गरे । पुस्तकबारे चर्चा गर्दा उनले नेपालको वर्तमान राजनीति र गणतन्त्र प्राप्तीका लागि भएका प्रयासबारे उल्लेख गरे ।

पौडेलपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बोल्ने पालो आयो । प्रचण्डले नेपालको राजनीति, अहिलेको राजनीतिक गतिरोध, वाम गठवन्धनले निर्वाचनमा प्राप्त गरेको सफलता र चुनौतीबारे बोले । संविधान जारी भएपछि पहिलोपटक भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट वामपन्थी दलललाई देश निर्माणको जिम्मेवारी प्राप्त भएको भन्दै प्रचण्डले वाम दल चुके देश अर्को दुर्घटनामा पर्नसक्ने खतरा रहेको बताए ।

यछि भनिसकेपछि प्रचण्डले पुस्तककमा उल्लेख भएको विषयतर्फ बोल्न शुरु गरे । पुस्तकबारे बोल्न शुरु गर्दा प्रचण्डले आफ्ना पूर्ववक्ता कांग्रेस नेता रामचन्द्र पौडेलले भनेका कुरालाई सम्झन खोजे । ‘यस अघि भनिसक्नु भएको छ कमरेड रा…’ प्रचण्ड बीचमै रोकिए । उनी सबैसँग माफी माग्दै ‘सरी…’ भने ।

‘प्रचण्डले पुस्तकको मूल सन्देशप्रति आफू सहमत रहेको बताए पनि केही विषयबारे भने फरक धारणा रोख ।उनले गौतमको पुस्तकका केही प्रसंगको आलोचना र समग्रमा प्रशंसा गरे । ‘अब राजनीतिक स्थाईत्व, शुसाशन र आर्थिक समृद्धि जस्ता विषयमा वाम गठवन्धन केन्द्रीत हुन गईरहेको छ । अब पनि हामीले यो काम नगर्ने हो भने राजनीतिक परिवर्तन पनि धरापमा पर्न सक्छ । सुशासन र समृद्धि दिन हामी सक्छौं भने प्रमाणित भयो भने देश अघि बढ्नेछ ।’

नेपालको शान्ति प्रकृयाको प्रवेश विन्दु १२ बुंदे समझादारी र त्यससँग जोडिएका प्रसंगलाई हल्का टिप्पणीको रुपमा मात्रै प्रस्तुत गरिएकोमा प्रचण्डको गौतमप्रति असहमति थियो । ‘१२ बुंदे समझदारी र त्यस यताको शान्ति प्रकृयाका विषयमा उल्लेख भएका कुरा छुस्स २ शव्द लेखेर हुदैन । यो समग्र प्रकृयामा लाग्नुभएको उहाँपनि एक जना नेता हो । उहाँले आफैंलाई अन्याय गर्नुभयो ।’ कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन थिए । केपी ओली, प्रचण्ड र रामचन्द्र पौडेल विषेश अतिथि । अन्तिममा बोलेका ओलीले गौतमको किताब पढ्नै नभ्याएको विषयबाट छलफल प्रारम्भ गरे ।

गौतमलाई धन्यवाद दिदै अघि सारिएका सम्बृद्ध नेपाल निमार्णका विचारहरु कार्यान्वयन गर्ने अश्वासन दिए । त्यसपछि रामचन्द्र पौडेलले उठाएको प्रश्नको जवाफ फर्काए । ‘लोकतन्त्र हामीले लडेर ल्याएको हो, यसको मायाँ हामीलाई पनि छ, हामीमाथि शंका गर्नुपर्ने कुनै कारण छैन । लोकतन्त्रलाई आदर्श र जिवन पद्धतीका रुपमा स्थापित गर्नुपर्छ ।

लोकतन्त्रसँगै रष्टियताको रक्षा गरेर राष्ट्रिय स्वाभिमानलाई हामी माथि उठाउँछौं ।’ वाम गठवन्धन तोड्नका लागि अहिलेपनि थुप्रै प्रयासहरु भईरहेको दावी गर्दै ओलीले त्यस्ता प्रयासहरु अब काम नलाग्ने बताए । ‘हामीले जनताका बीचमा गरेका प्रतिवद्धता र आगामी दिनका चुनौती देखेका छौं । अब गठवन्धन विथोल्ने कुरा संभव छैन । हामीले हाम्रा थुप्रै अनुभवबाट सिकेर यहाँ आएका छौं । जनताले हामीलाई गलत बाटो समाउने हैसियत दिएका छैनन् ।’ ओलीले दावी गरे, ‘२ नम्बर बाहेकका प्रदेशमा हमी सरकार बनाउछौं । अव देश सुशासन र स्थाईत्व तर्फ अघि बढ्छ, ।’

 

Comments

comments

सम्बन्धित शिर्षकहरु