यस फिल्ममा दोहोरो भूमिकामा देखिँदै ऐश्वर्या

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन यतिबेला आफ्नो आगामी फिल्म ‘फन्ने खान’मा व्यस्त छिन् । बताइएअनुसार उनलाई धेरै फिल्मको अफर आएपनि छानेर काम गरिरहेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अब उनलाई पुरानो चर्चित अभिनेत्री नरगिसको भूमिका निभाउन अफर आएको छ । बताइएअनुसार यो फिल्म सन् १९६७ मा आएको ‘रात और दिन’को कहानीसँग मिल्दोजुल्दो छ ।

उक्त फिल्ममा फिरोज खान र नरगिस थिए । ऐश्वर्याले अभिनय गर्ने भनिएको फिल्ममा उनको दोहोरो भूमिका हुनेछ । यसबारे आधिकारिक भनाई आउन भने बाँकी नै छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु