मेलबर्न सप्ताहबाट कति भयो संकलन,विस्तृतमा

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा  सप्ताहबाट करिब १.२ मिलियन डलर संकलन भएको छ ।  पण्डित दिनबन्धु पोखरेलको कथावाचन समेत भएको सप्ताहमा नेपाली समुदाय उल्लासका साथ सहभागी भएर स्व:स्फुर्त रुपमा दान गरे । सप्ताहमा गरिएको दानबाट करिब १.२ मिलियन डलर संकलन भएको छ ।
सप्ताहमा एनआरएनएका निवर्तमान अध्यक्ष तथा व्यवसायी शेष घले र जमुना घलेले अष्ट्रेलियाभरबाट नै अहिलेसम्मको महादान गरेका छन् । गत सोमबारदेखि सुरु भएको सप्ताहको आइतबार अन्तिम दिनमा घले दम्पत्तिले दुई लाख आठ सय ८८ डलर प्रदान गरेका हुन् ।

त्यस्तै , भिक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले सप्ताहमा एक लाख डलर दान गरेका छन् । मेलबर्नमा पशुपतिनाथ र स्वयम्भु मन्दिर सहितको नेपालीहरुको सामुदायिक भवन बनाउने उद्देश्यले सप्ताहको आयोजना गरिएको थियो । सप्ताहलाई सामुदायिक भवन निर्माणको जिम्मा लिएको एएनएमसीले आयोजना गरेको हो ।

यस सप्ताहबाट डेढ मिलियन सलर सहयोग रकम उठ्ने अपेक्षा गरिएको थियो । सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाले हातेमालो गरेर अगाडी बढिरहेको यस अभियानमा विद्यार्थीहरुले समेत आफ्नो खाजा खर्च कटाएर आजीवन सदस्य बनी योगदान गरे ।

यस सप्ताहले मेलबर्नमा बस्ने नेपालीहरुलाई एकताबद्ध गराउनुको साथै नेपालको सांस्कृतिक प्रबर्द्धन समेत गरेको छ । यसको साथै करिब करिब लक्ष्य अनुरुपको नै सहयोग रकम संकलन भएकोले नेपालीहरुको आफ्नै सामुदायिक भवन बनाउने सपना पूरा हुने भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु