गायक शिवकुमार चौधरीको ‘मुटु माझै राख्दा पनि’ बोलको गित सार्वजनिक

काठमाण्डौ । गायक शिवकुमार चौधरीको समिश्रण एल्वममा समाहित ‘मुटु माझै राख्दा पनि’ वियोगान्त भाव रहेको गीतको म्यूजिक भिडियो विन्ध्यवासिनी म्यूजिक प्रा.लि मार्फत सार्वजनिक भएको छ।जसमा कल्पना प्रसाई(पाठक)को शव्द,सिडी विजय अधिकारीको संगीत,साहश शाक्यको संगीत संयोजन रहेको छ।

कैलाली जिल्लाका विभिन्न सुन्दर स्थलहरुमा छायाङ्कन गरेको सो भिडियोमा जिवी अाग्रीको निर्देशन,रन्धिर श्रेष्ठकोे छायाङ्कन,सुरेश राउतको सम्पादन, र गोविन्द गैरे र दुर्गा चन्दको अभिनय रहेको छ।

अाफ्ना अधिकांश भिडियोमा गीतको शव्द र भाव अनुसारको कथा वुन्न सिपालु निर्देशक अाग्रीले यो भन्दा अगाडि पनि दर्जनौ म्यूजिक भिडियोहरु निर्देशन गरिसकेका छन्।राम्रो प्राविधिक टिम र अनुभवी कलाकारहरु सँग काम गर्न पाएको खण्डमा अाग्रीको निर्देशकीय भविस्य सुन्दर नै देखिन्छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु