अस्ट्रेलियाबाट समय र सपना नामक छोटो फिल्म सार्वजनिक (भिडियो सहित)


जहाँ रहे पनि अाफ्नै भाषा र संस्कृतिलाई विर्षनु हुदैन र जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यका साथ अस्ट्रेलियाको व्रिसवेनमा स्थापना गरिएको गोल्डेन टाइम्स नामक संस्थाले छोटा चलचित्र,म्यूजिक भिडियो लगाएत श्रव्य दृष्य सम्वन्धि विभिन्न सामग्रीहरु तयार पार्दै अाएको छ।यसै शिलशिलामा भर्खरै मात्र गोल्डेन टाईम्सको व्यानरमा निर्माणमा बनेको समय र सपना नामक सर्ट मुभी अष्ट्रेलियाबाट सार्वजनिक भएको छ । शो मुभीको केहि हप्ता अगाडी भब्य रुपमा रेड कार्पेट प्रिमिएर शो समेत गरिएको थियो ।

मिलन मिश्र र अर्पना राणाभाटको मुख्य भूमिका रहेको सो चलचित्रमा अध्यन वा बिभिन्न पेशाको बिदेशलाई कर्मथलो बनएर बसेका नेपाली हरुको कथा लाई अधार मानिएको छ।जसमा नेपालीहरु ठूलो सपना वोकेर विदेश जान्छन् तर न त सोचे जस्तो उपलव्धि नै हाँसिल हुन्छ न त त्यो दलदलवाट अाफ्नो देशमै फर्किन सक्छन् भन्ने तीतो यथार्थलाई दर्शाइएको छ।

अस्ट्रेलियाका विभिन्न स्थानमना छायाङ्कन गरिएको सो चलचित्रमा हिमालय सिंहको कथा,बिनोद केसीको छायाङ्कन,सुरेश राउतको सम्पादन,भूमिका कर्कीको श्रृङ्गार सज्जा र निर्देशन नेत्र जङ्ग पाण्डेको रहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु