सिड्नीमा एकैसाथ नौसय अभिभावक नेपालीको भेला (भिडियो सहित )

असनेपाल न्युज । पुर्णिमा सन्जेल । अस्ट्रेलियाको सिड्नीमा एकैसाथ ९ सय भन्दा अभिभावकहरू विच जमघट भएको छ । गैर आवसिय नेपाली संघ , न्यु साउथ वेल्स समितिको पहलमा यो विशाल भेला सम्पन्न भएको हो । जहाँं नेपालका प्राय : सबै जिल्लाबाट आएका अभिभावकहरूको उपस्थिती रहेको एन आर एन ए न्यु साउथ वेल्सका संयोजक नन्द गुरुङ्ग असनेपालन्युजलाई बताउंनु हुन्छ । सिड्नी देखि हन्टर भ्यालि सम्मको बस यात्रा पछि अभिभावक हरूको यो भेला एक मेलामा परिणत भएकोथियो । जहाँं सहभागिहरूले आपसमा भलाकुसारि , जानकारीको आदान प्रदान ,आत्मियताको विनिमय गरेका थिए ।

सो अवसरमा एनआरएनले आ-फ्ना स्वयं सेवक मार्फत स्वास्थ्य परीक्षण ,उत्प्रेरणात्मक सेमिनार , योग , ध्यान तथा विभिन्न सँगितमय कार्यक्रम गरेको थियो । “अस्ट्रेलियामा यति धेरै नेपाली देख्न पाउनु कल्पना वाहिरको कुरा हो भन्दै आफुहरूले नेपाल विर्सिएको भान भयो :सहभागी मध्येका एक शम्भु पोख्रेलले असनेपाल न्युजलाई बताउंनु भयो । सो अवसरमा नेपाल फिजी सांष्कृतिक राजदुत तथा विश्व शान्ति परिषदका शान्तिदुत आचार्य राजन शर्मा (भीमसेन सापकोटा )ले एक विषेश उत्प्रेरणात्मक कार्यक्रम , योग ध्यान तथा जीवन विज्ञानका कार्यक्रम प्रस्तुत गर्नुभयो । जहाँं सहभागीहरू एकै साथ हांसे , नाचे , गाए र स्तब्ध बनेको आकार्षक माहोल देख्न सकिन्थ्यो । उत्प्रेरक वक्ता तथा अध्यात्मिक अगुवाको रुअपमा समेत चिनिनु हुने आचार्य राजन शर्माका प्रस्तुतिले आफुहरूलाई जीवनप्रति हेराई परिवर्तन गर्नलाई नै सघाएको र यस्त कार्यक्रमले सम्पूर्ण सहभागीलाई सघाएको सेन्टजर्ज अभिभावक समुहका अध्यक्ष हर्क कार्कि असनेपालन्युजलाई बताउंनु हुन्छ ।

सो अवसरमा एन आर एन अध्यक्ष टोनु गोथाने तथा अन्य समुदायका अगुवाहरू दिनेश पोख्रेल , सिताराम घिमिरे लगायतले एन आर एन को यो रोचक कार्यक्रमको वारेमा धारणा राख्नु भएको थियो । भिजन फर मोटिभेसन ले सो अवसरमा स्वयंसेवक परिक्षालन गर्न सघाएको भिएफएमका संस्थापक म्याक्स बाबुले जानकारी दिए । अर्को वर्ष राजधानी क्यानवेरा र सिड्नीका अभिभावकहरू समेतलाई एकैसाथ भेला गरि यो कार्यक्रम थाप भव्य पार्ने संयोजक नन्द गुरुङले बताउनु भयो । एन आर एन ले यस्ता कार्यक्रमलाई वर्षेनि निरन्तरता दिंदै आएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु