प्रचण्डलाई प्रधानमन्त्री बनाउन यस्तो कसरत

काठमाडौं  । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अबको पाँच वर्ष प्रधानमन्त्री बनाउने प्रयास भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष नदिने देखीएपछि प्रचण्डले प्रम बन्ने प्रयास थालेका हुन् । दलको आन्तरिक बैठकमा पनि उनले आफूलाई कांग्रेसबाट पाँच वर्षको लागि प्रम बन्ने प्रस्ताव आएको खुलासा गरिसकेका छन् । कांग्रेस सभापति देउवानिकट केही नेताहरूले पनि गत हप्ता यसको खुलासा गरीसकेका छन् ।

पाँच वर्ष प्रम बन्ने सम्भावना रहेमा त्यसबारे सकारात्मक हुनुपर्ने माओवादीका केही नेताले अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । वर्षमान पुनले पाँच वर्ष सत्ताको नेतृत्व पाएपछि हट्न नहुने सुझाव प्रचण्डलाई दिएका छन् भने जर्नादन शर्मा पनि यसबारे सकारात्मक बन्दै गएको बुझिएको छ ।

एमालेभित्र प्रचण्डलाई अध्यक्ष बन्न दिन नहुने पक्ष बलियो हुँदै गएको बेला प्रचण्डले भने एमालेको रणनीतिबाट कदम चाल्नसक्ने देखिएको छ । माधव नेपालदेखि इश्वर पोखरेलसम्मका नेताहरू प्रचण्डलाई अध्यक्ष दिने शर्तमा एकता गर्न नहुने पक्षमा छन् भने ओली पक्षले भने आलोपाले अध्यक्षतको शर्तसहित अघि बढ्ने तयारी गरेको बताइन्छ । प्रचण्ड त्यसमा सहमत हुने सम्भावना भने कम रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु