डाँडा पारी घाम खस्दा वोलको गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । उदियमान गायक सिडी विजय अधिकारीको स्वरमा रहेको डाँडा पारी घाम खस्दा वोलको गीतको म्यूजिक भिडियो विन्ध्यवासिनी म्यशूजिक प्रा.लि वाट सार्वजनिक भएको छ।

गीतकार रवि रोषीको शव्द रहेको गीतलाई वसन्त सापकोटाले संगीत र साहश शाक्यले संगीत संयोजन गरेका छन्।अाफ्ना सृजनामा विम्व र प्रतिकहरुको समुचित प्रयोग गर्न खप्पिस रोषीले यो गीत पनि प्रतिकात्मक शैलीमा लेखेका छन् भने अडियोको हिसावले हेर्दा गीतमा शव्द,संगीत र स्वरको सुन्दर समिश्रण देखिन्छ।

गौरव गिरीको निर्देशन,रामेश्वर हुमागाईको छायाङ्कन र सुरेश राउतक‍ो सम्पादन रहेको गीतको भिडियोमा अनु पराजुली र नविन अाचार्य कलाकारको रुपमा रहेका छन्।गीतको सम्पूर्ण पक्ष राम्रो हुदा हुदै पनि भिडियो प्रस्तुतिकरण भने कमजोर देखिन्छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु