केही रहस्यमय वस्तुहरु

एजेन्सी ।  संसारको इतिहास अचम्मको रहस्यले भरिएको छ । हामी मध्ये कसैले पनि तिनीहरको बारेमा अध्ययन गरेर निश्कर्ष निकाल्न धेरै समय लाग्नेछ । तर, भित्री रहस्य नखुलेका वस्तुहरुलाई हेर्न सबैलाई रोचक लाग्छ ।

१.मोआ चरा

मोआ चरा उड्न नसक्ने चरा हुन् । न्युजिल्यान्डमा बसोबास गर्ने यी चारहरु १५ सय वर्ष लोप भएका थिए । मोआरी सिद्धान्तअनुसार ती चराहरु मारिएका थिए । बीसौं शताब्दीमा भएको एउटा यात्राका दौरान वैज्ञानिकहरुले ती चराको पञ्जा भेट्टाएका थिए ।

२. पेरुको साक्सेवामानको मन्दिर परिसर

मोर्टारको एक थोपा पनि प्रयोग नगरि बनेको ढुंगाको मन्दिर परिसर साँच्चै अचम्मको छ । मन्दिरमा राखिएका ढुंगाको बीचमा एक सानो कागजको टुक्रा समेत छिराउन मिल्दैन । हरेक ब्लकमा चिल्लो र गोलो कुना छ । यो कसरी निर्माण गरिएको थियो । कसैलाई थाहा नै छैन ।

३. गेट अफ सन, बोलिभिया

बोलिभियाको एक प्राचीन र रहस्यमय शहर टिवान्कुमा गेट अफ सन रहेको छ । केहि पुरातत्वविदहरु पहिलो सताब्दीमा एक विशाल साम्राज्यको केन्द्र रहेको विश्वास गर्छन् । गेटमा कुन चित्र रहेको कुरा कोहिसँग पनि तर्क छैन । संभवत यो विषयमा केहि ज्योतिष महत्व छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु