‘चुनाव हारे पनि राजनीति हारेको छैन’

कालिकोट । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले दुई पटक चुनाव हार बेहोर्न परेपनि राजनीति भने जितेको बताएका छन् । कालिकोटबासीका १६ हजार मत पाउँदा अाफुमा राजनीतिप्रति थप हौसला बढेको उनले बताए।

२०७० को संविधानसभाको निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा दोव्बदर मतदाताले आफूलाई मतदान गरेका कारण अाफुलार्इ अझ बढी हाैसला प्राप्त भएको उनले बताएका छन् । राजनीतिमा स्थायी हार र स्थायी जित नहुने अाफुले बुझेको र अाफ्नो पराजय पनि स्वभाविक भएको धारणा उनले व्यक्त गरेका छन् ।

अबको ५ वर्षसम्म सडक, विद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विकासका महत्वपूर्ण पूर्वाधारमा नागरिकको प्रत्यक्ष पहुँच पुगाउन राज्यका निकायलाई ध्यानाकर्षण गराउन अाफुले पहल गर्ने पनि उनले बताए । उनले भने, ‘ स्थानीय तहको निर्वाचन भएपछि विकासको गति झनै सुस्ताएकाले अब गाउँ—गाउँमा अनुगमन गरेर खबदारी गराउँछु ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु